अपडेट 
२०७८ कार्तिक २०, शनिबार ०७:५६

सिरहा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले सामुदायिक शिक्षा सुधार, व्यवस्थापन तथा राम्रो बनाउन योजनासहित आए मन्त्रालयमा त्यसको विषयमा छलफल गर्ने बताएको छ ।

जनता माध्यमिक विद्यालय गोलबजार नपा ८ चन्द्रलालपुर चोहर्वाको प्रसाशनिक भवन शिल्यान्यास गर्दै राज्यमन्त्री यादवले कुनैपनि विषयमा प्रतिवद्धता गर्नुभन्दा प्रकृयागत ढङ्गले आउन सवैर्लाइ आग्रह गरेका हुन् । उनले मैले भर्खरै मन्त्रालयको जिम्मेवारी पाएकोले योजना र सवै समस्याहरुका विषयमा छलफल भै नसकेकाले अहिले प्रतिवद्धता गरिहाल्नु हतारो हुने बताए । उनलेभने, ‘मन्त्रालयको जिम्मेवारी भर्खरै पाएका छौं, हामीले धेरै विषयमा छलफलहरु प्नि गर्न पाएको छुइन, त्यसैले तपाईहरु आवश्यकताको आधारमा लिखित योजनाहरु पेस गर्नुस् त्यसको विषयमा पनि हामी छलफल गर्ने छौं ।’

मन्त्री यादवले बाल विकास केन्द्रका शिक्षक र विद्यालयका कर्मचारीहरुको तलवको विषयमा आफू गम्भिर रहेको बताए । उनले भने, ‘म अन्तिमसम्मा पनि विद्यालयका कर्मचारी र बाल विकासका शिक्षकहरुको सम्मानजनक तलव भत्ताको लागि पहल गर्ने छु, म तपाईहरुको साथमा छु ।’

नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत विभागबाट प्राप्त सहयोगबाट प्रशानिक भवन निर्माण हुन लागेको हो । गोलबजार नगरपालिकाको प्राविधिक सहयोगमा २ करोड १७ लाखको भवन निर्माण प्रकृया अगाडी बढेको विद्यालयका प्रधानाध्यापम बम्हदेव सिंहले जानकारी दिए । भवनको ठेक्का इविडिङ मार्फत राज कन्ट्रक्सनले एक करोड ७० लाखमा स्वीकार गरेको बताईको छ ।

शिल्यान्यास कार्यक्रममा गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साह, प्रदेश संसद रामकुमार यादव, जगत यादव, गोलबजार नगर उपप्रमुख रेशम कुमारी थापा लगाएतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News