हिन्दुहरुको महान चाड छठ पर्वको उपलक्ष्यमा पर्सा क्षेत्र नम्बर ३ का संघिय सांसद हरिनारायण रौनियारले साडी बितरण गर्नुभएको छ । सांसद रौनियारले पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ शिवबार्वा ,सेमरवारी ,बैरिया विर्ता लगायतको ठाउँमा पुगी छठ गर्ने एकल तथा बिपन्न बर्गका महिलाई सदि बितरण गर्नु भएको हो । साडी बितरण गर्ने क्रममा उहाले समाजमा एकल महिला प्रति वढ्दै गएको दुर्व्यवहार प्रति चिन्ता प्रकट गर्दै एकल महिलाको पनि समाजमा सामान अधिकार हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाले अगामि दिनमा पनि उपेक्षामा परेका महिलाको लागी बिशेष कार्यक्रम गर्ने बताउनुभयो । सो अवसरमा जसपा मधेश प्रदेश समिति सदस्य गौरीसंकर साह , पोखरिया नगरपालिकाकी उपमेयर सलमा खातुन , विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह मोदी ,जसपा मधेश प्रदेश समिति सदस्य गौरीसंकर साह , युवा नेता अलकात आलम ,भारत गिरि ,खुर्षेद आलम , रामप्रसाद चौहान लगायत जसपा नेता कार्यकर्ताको उपस्तिथी रहेको थियो ।


