अपडेट 
२०७८ कार्तिक २१, आईतवार १६:२९

नेपालमा आइतबार थप १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ८० पिसिआर परिक्षणका क्रmममा १ सय ४१ जना र ३ सय ५३ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९ हजार ३ सय ७५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ४ सय ४८ जनाको मृत्यु भएको छ । त्यस्तै थप ५ सय ६३ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९५ हजार ३ सय ९७ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा ७ हजार ७ सय १३ सक्रिय संक्रमित आइशोलेशन र १ सय १२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News