२०७८ कार्तिक २२, सोमबार १४:०९

 

बिराटनगर ।  विराटनगर स्थित बंगाली समाजले पहिलो पटक भब्य काली पूजा समारोहको आयोजना गरेको छ । बिराटनगर महानगरपालिकाको वडा नम्बर ३ दूर्गा चोकमा आयोजित सो पूजामा ९ फिटको श्यामा काली भगवतीको भब्य मुर्ती निर्माण गरी पूजा गरिएको हो । बिराटनगर क्षेत्रमा बसोबास गर्ने बंगाली समाज संगठित भएपछि पहिलो पटक सार्वजनिक रुपमा काली पूजा समारोहको आयोजना गरिएको पूजा समारोहका संयोजक असिम मित्रले बताउनु भयो ।

उक्त पूजाको लाभ हजारौ भक्तजनहरुले प्रत्यक्ष रुपमा लिएको र बिराटनगर क्षेत्र भित्र १० हजार भन्दा बढी जनसंख्यामा बंगालीहरुको बसोबार रहेको जानकारी नेपाल राष्ट्रीय बंगाली समाजका प्रदेश १ संयोजक तथा अधिवक्ता सुजित चेलले बताए । बंगाली समुदायको परम्परागत ढाकी, धुनी पुजा, खिचुडी भोग एवं मुर्ति कारीगर पनि स्थानिय बंगाली नै रहेको बिराटनगर महानगर कमिटिका अध्यक्ष संजय दत्तले बताए । कात्तिक शुक्ल पक्षकोे औंसीमा काली पूजा गरिने धार्मिक परम्परा रहेको माता कालीको पूजा कोलकाताका ब्राम्हणले बिहिबार रात्री साढे १० बजे पूजा शुरु गरी शुक्रबार बिहान साढे ३ बजे सम्पन्न गरेको समितिका कोषाध्यक्ष राज कुमार दासले बताए ।
उक्त पुजामा नेपाल राष्ट्रीय बंगाली समाजका केन्द्रिय अध्यक्ष पार्थो सरकार, उपाध्यक्ष विप्लव घोष, सचिव संजय वरुवा, सदस्य संजय चेल सहितको टोलीले माताको दर्शन गरी भव्य रुपमा पहिलो पटक यस्तो पुजाको आयोजना गरेकोमा सम्पूर्ण बंगाली समाजको तर्फ बाट हर्ष प्रकट गर्दै शुभकामना व्यक्त गरका थिए ।

पुजा समितिका सह संयोजक संजिव शुक्ला, सचिव मनोज साह, सदस्य रोशन दत्त सहित २७ सदस्यीय समिति गठन गरी आयोजना गरिएको उक्त श्री काली पुजाको प्रतिमा तिनपैनी, जलजला चौक बजार परिक्रमा गर्दै सहिद मैदान हुँदै पानीटंकी धनावत फैक्ट्रको सिंघिया खोलामा विसर्जन गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News