२०७८ कार्तिक २२, सोमबार १७:०९

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष शिवकुमार साहले वडावासीलाई छठ पुजा समाग्री तथा वस्त्र वितरण गरेका छन् ।

वडा अध्यक्ष साहले अभाव भएकाहरुलाई छठपुजामा कुनै पनि समस्या नहोस भन्ने उद्देश्यले आफनो व्यक्तिगत लगानीमा सारी, साया, बलाउजलगायत कपडाका साथै, अगरवती र नगद पाँचसय पाँच रुपैया सहयोग स्वरुप वितरण गरेका छन । उनले करिव एक हजार ब्रतालुलाई सो सरसमान व्यक्तिगत लगानीमा वितरण गर्न लागेको बताए । आज वडा अध्यक्ष शिव कुमार साह तथा वडाकी ९५ वर्षिय वृद्वा ज्येष्ठ नागरिक शैलेष देवी कर्णको प्रमुख आतिथ्यमा वडाका ब्रतालु महिलालाई ५०५ रुपैया, साडी, साय, अगरबत्ती लगायतका पुजा सामग्री वितरण गरेका हुन । कार्यक्रममा गणेश युवा कमिटीका अध्यक्ष सन्तोष महतो, पुर्व अध्यक्ष संतोष साह लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News