२०७८ कार्तिक २२, सोमबार १७:२६

आस्थाको महापर्व छठि पर्व मनाउनका लागि समाजसेवी अमर पंजियारले गरिव तथा विपन्नहरुलाई छठिको समाग्री वितरण गरेका छन ।

पंजियारले जनकपुरधाम उपमाहानगरपालिका वार्ड नं १६ स्थित आफनो निजी निवासमा एक कार्यक्रमको आयोजना गर्दै छठि पर्वमा आवश्यक पर्ने समाग्रीहरु वार्डका गरिव तथा विपन्न परिवारहरुलाई वितरण गरेका हुन ।

छठिमा महिलाहरुले लगाउने नया साडी देखि लिएर प्रसादका लागि प्रयोग गरिने समाग्रीहरु पंजियारले वितरण गर्दै महापर्व मनाउनका लागि कसैलाई समस्या नहोस भन्ने अभिप्रायले वितरण गरेको वताए ।

गरिव धनि सबैले एकै तरिकाले मनाउने यस पर्वमा गरिव तथा विपन्नहरुलाई पनि यो पर्व मनाउनका लागि कसैसंग माग्नुनपरोस त्यसका लागि आफुले भ्याएसम्म आफनो निजी लगानीमा आफना टोलका गरिव तथा विपन्नहरुलाई समाग्री वितरण गरेको वताए ।

छठि समाग्री वितरण कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १६ का अध्यक्ष रामअशिष पजियार,पुर्व अध्यक्ष विल्टु पंजियार लगायत कपिलेश्वरका विश्ष्टि व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

https://www.youtube.com/watch?v=g-EwdEVucS8

Comment


Related News

Latest News

Trending News