२०७८ कार्तिक २३, मंगलवार ०७:२६

वीरगञ्ज । वीरगञ्जको ईरनवामा २५ लाखको लागतमा शिव मन्दिरको निर्माण हुने भएको छ । सोमबार आयोजित एक समारोहबीच मुख्यमन्त्री लालबाबु राउतले मन्दिरको शिलान्यास गरेका छन ।

मुख्यमन्त्री राउतकै निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगतको सो मन्दिर निर्माणको लागि २५ लाख रकम छुट्याईएको छ । शिलान्यास कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी, अतिथिहरु जिल्ला अध्यक्ष रामनरेश यादव, मौलाना नुरुलहोदा, संघीय परिषद सदस्य शेख समीर, सचिव तबरेज अहमद, विधार्थी नेता आमोद यादव, वडा–१६ का अध्यक्ष श्याम बावु चौरसिया, इकाई अध्यक्ष अरुण यादव, पलकधारी यादव, प्रमोद यादव, मदन यादव, पिन्टु उपाध्यया, लगायत स्थानीयहरुको सहभागिता सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News