२०७८ कार्तिक २३, मंगलवार १८:०६

पूर्वयुवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यतामा छठ पूजाको अवसरमा बुधबार जनकपुरदेखि वीरगञ्जसम्म विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ ।

रिपोर्टर्स क्लबमा मंगलबार पत्रकार सम्मेलन गर्दै २०४७ सालको संविधान पुनःस्थापना हाम्रो अभियान, नेपाल नागरिक अभियान, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय तथा श्रीराम हनुमान आराधना मण्डल नेपालसहित चारवटा संस्थाहरु आबद्ध भएको संयुक्त केन्द्रीय समितिले पुष्पवृष्टिबारे जानकारी दिएको हो ।

समितिले विशेषगरी धनुषा (जनकपुर), पर्सा र बारामा पुष्पवृष्टि गर्ने जानकारी दियो । धनुषा (जनकपुर) मागंगासागर पोखरी, दशरथ सागर पोखरी तथा जानकी मन्दिर तथा आसपासका पोखरीमा, पर्सा (विरगञ्ज)को घडिहरवामाई पोखरी तथा आसपासका पोखरीमा दिउँसो ४.३० बजे र बाराको बहुअरी पोखरी ५ मा पृष्पवृष्टिको कार्यक्रम रहेको जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै पूर्वराजदूत रामभक्त ठाकुरले छठ शब्दले नै मनमा उमंग बढ्ने बताए । उनले पूर्वयुवराज्ञी हिमानी शाहको आतिथ्यमा कार्यक्रम हुने खबरले आफू निकै हर्षित भएको सुनाए । उनले छठ पर्व कुनै जातपातको हिसाबले नमनाउने बताए ।

छठ पर्वले सबै नेपालीलाई एकीकृत गर्ने उनको भनाइ थियो । ठाकुरले कतिपय स्थानमा मुसलमान दाजुभाईले छठको पूजा गरिरहेको सुनाए । नेपाल नागरिक अभियान तराईका संयोजक कैलाश साहले तराई क्षेत्रमामात्र सीमित छठपर्व सबैतिर पुर्‍याउनुपर्नेमा जोड दिए ।

https://www.youtube.com/watch?v=XkySSoQkdnE

Comment


Related News

Latest News

Trending News