२०७८ कार्तिक २४, बुधबार ०६:४९

जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षाको सबालमा सरकार संवेदनशील रहेको बताएका छन् ।

सुरक्षाको अवस्थामा सुधार आवश्यक छ , खाँणले भने, ‘केन्द्र, प्रदेश र स्थानीय तहसँग सुरक्षा निकायको समन्वय र सहकार्यकालागि सरकार गम्भीर छ ।’ जनकपुरधाममा सोमबार अबेर रातीसम्म चलेको प्रदेश सुरक्षा समितिको बैठकमा सुरक्षाको व्यवस्थापनका विषयमा आन्तरिक, बाह्य चुनौती र संवदेनशीलताको सन्दर्भमा छलफल भएको उनले बताए । मंगलबार मैथिली विकास कोषले जनकपुरधाममा आयोजना गरेको स्वागत एवम् सम्मान कार्यक्रममा मन्त्री खाँणले व्यवसायीहरुको व्यवसायिक स्वतन्त्रता हनन नगर्न प्रदेश २ का प्रहरी प्रमुख एवं जिल्ला स्थित प्रहरी निकायलाई निर्देशन समेत दिए । सम्मान कार्यक्रममै जनकपुरधाम उद्योग बाणिज्य संघले बुझाएको ज्ञापनपत्र बुभ् mदै व्यवसायीहरुको समस्या समाधानको लागि सरकार प्रतिबद्ध रहेको बताए । व्यवसायीको ज्ञापनपत्रमा भारतबाट मालसमान आयात गर्ने क्रममा प्रहरीले व्यवसायीहरुलाई अनावश्यक दुख दिइ मुद्दा लगाएर समान जफत गरी कारवाही गर्ने गरेको जस्ता समस्या समाधानकालागि खाँणको ध्यानाकर्षण गराएका थिए । ज्ञापनपत्र बुझदै मन्त्री खाँणले व्यवसायीहरुको समस्या प्रदेश २ मा मात्र नभई समग्र देशकै समस्या रहेको बताए ।

स्वतन्त्रतापुर्वक उद्योग व्यवसाय संचालनमा व्यापारीहरुलाई सहयोग गरी सहज वातावरण निर्माण गर्न प्रहरी प्रमुखहरुलाई उनले निर्देशन दिए । सम्मान कार्यक्रममा भाषा, संस्कृतिलाई सबल र समुन्नत गराउनुका साथै एकअर्काको भाषा संस्कृतिलाई पनि सम्मान गर्नु पर्ने उनको भनाइ थियो । देउवा सरकारको नेतृत्वमै विभिन्न आयोगहरु गठन भएको बताउँदै मैथिली भाषा आयोग गठनको लागि सरकारले ठोस पहल गर्ने छ, उनले भने । मैथिली भाषा र संस्कृति विकासको लागि सरकार प्रतिबद्ध छ, खाँणले भने,‘पहिला एउटा नारा थियो एउटै भाषा एउटै भेष । तर अहिलेको नारा छ विविध भाषा विविध भेष, सबैको संस्कृति हाम्रो देश । संघीय सरकार मैथिली भाषाको संस्कृतिको संस्कारको सम्मान गर्दछ । मैथिलीको यथोचित सम्बोधन पनि हुँदै जानेछ ।’ मैथिली मीठो भएकोले पुनः जनकपुर आउदा मैथिली भाषा नै बोल्ने छु, उनले भने । जनकपुरको संस्कार र संस्कृतिले विश्वलाई नै सन्देश दिएको छ, खाँणले भने,‘ जनकपुरको खाना ,बजाना र पहिरन अतुलनीय छ ।’ नेपाल तराई मधेश पहाड हिमालको संयोजन रहेको बताउंदै विभिन्न धर्म भाषा भेषभुषा, संस्कृति र संस्कारमा रहेको विविधतालाई संयोजन गर्नु नै नेपालीको लागि श्रेयकर रहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News