अपडेट 
२०७८ कार्तिक २४, बुधबार ०७:४४

डेढ दशकसम्म नेकपा एमाले र २० महिना सम्म प्रधानमन्त्रीको नेतृत्व सम्हालेका देशका शीर्ष नेता माधवकुमार नेपालले आफ् नो जीवनको उत्तरराद्र्धमा पार्टी विभाजनको नेतृत्व लिएका छन ।उनको नेतृत्वमा गठीत नेकपा एकीकृत समाजवादी पार्टी सामु अनेकौं चुनौतिहरु छन तर साढे चार दशकको राजनीतिक यात्रा पूरा गरेका नेपालकै शीर्षस्थ नेता माधवकुमार नेपाल यसबाट अलिकति पनि विचलित र भ्रमित छैनन । माधवकुमार नेपाल स्वयंले पनि यसलाई पार्टी विभाजन भन्दा पनि एकिकृत कम्युनिस्ट पार्टी बनाउने उद्देश्यकै लागि पार्टी पुनर्गठन अभियानको नामकरण गरेका छन् । कम्युनिस्ट पार्टी सन्चालनमा विधि, पद्यती, सामूहीक प्रणाली सहितको अभ्यास समाप्त पारेर अध्यक्ष के.पी. ओलीमा देखिएको सर्वसत्तावाद र निरकुश प्रवृतिमा सुधार नआएपछि पार्टी पूनर्गठन गर्न आफू बाध्य भएको उनको दावी छ । विभाजन पछि पनि एमालेसंगको एकताको ढोका जुनसुकै बेला खुला रहने गरी अगाडी बढने र नवगठीत पार्टी नेकपा समाजवादीलाई कान्तिकारी बनाएर एकिकृत कम्युनिस्ट पार्टी बनाउन प्रयास गर्ने उदघोष उनको रहेको छ ।

सत्ताधारी नेकपा एमाले भित्र विवाद उत्पन्न हुदा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा लागेका कतिपय नेताहरु संस्थापन पक्षमै फर्केर गएपनि त्याहाँ निरन्तर रुपमा उपेक्षार अपमान झेल्न बिवश छन् । हाल तिनको अवस्था घर न घाटको भएको छ । माधवकुमार नेपालले नया पार्टी खोलेर चुनौति अवश्य झेल्नु पर्नेछ तर अनुभवि परिश्रमी, दृढ इच्छा शक्ति एवं ठोस अडानका धनीउनी पूनः आफ्नो पार्टीलाई राष्ट्रिय राजनीतमो एउटा प्रमूख शक्ति बनाउने संभावनालाई खारेज गर्न सकिदैन । नेपालको बामपन्थी आनदोलन, बामदलहरु बिचको एकतार बाम–लोकत्रान्त्रिक दलहरु बिच समन्वयका निम्ति उनले खेलेका भूमिका सित कसैको पनि तुलना हुन सक्दैन । वि.सं. २०३२ सालमा तत्कालिन अखिल नेपाल कान्तिकारी कोअर्डिनेसन सेन्टरको संस्थापक नेता नेपालले छरिएर रहेको कम्युनिस्ट आन्दोलनलाई एकिकृत बनाउने अभियानको नेतृत्व गर्दै राजनीतिक ‘करिअर’ अगाडी बढाएका थिए । २०३५ सालमा तत्कालिन मालेको संस्थापक नेता नेपालले भूमिगतकालमा पुष्पलाला समूह, रातो झण्डा समूह, मुक्तिमोर्चा समूह लगायतलाई एकीकृत बनाउने काममा नेतृत्व दायी भूमिका खेलेका थिए । निर्दलिय पंचायती ब्यवस्थाको ३० वर्ष लामो शासन अन्तय गर्न २०४६ सालको जनआनदोलनमा संयुक्त वाममोर्चाका योजनाकार र जनआन्दोलनका सदस्य नेपालले, देशमा प्रजातन्त्रको पुनर्बहाली भए देखि नै राष्ट्रिय राजनितिको मूलधारमा निर्णायक भूमिका निर्वाह गर्दै आएका छन। नेपालको अन्तरिम संविधान २०४७ को मस्यौदकार रहेका उनले बनाएका संविधान निर्वाध रुपमा १५वर्ष सम्म उपयोग भएको थियो । विना कुनै संशोधन त्यो संविधान डेढ दशको यात्रा सहज रुपमा पुरा गरेको थियो ।

अहिले पनि देशमा गम्भिर राजनीतिक एवं संवैधानिक संकट उत्पन्न हुदा नेपालको संविधान २०४७ लाई स्मरण गर्ने गरिन्छ । नेकपा मालेको दोश्रो वरियताको नेताको हंसियतमा उनले नेकपा (माकर््सवादी) पार्टीसंग एकता गर्न भूमिका खेलेका थिए । यस एकीकरण पश्चात नै मनमोहन अधिकारी, श्रीमती सहाना प्रधान र भरत मोहन अधिकारी जस्ता नेताहरु यस पार्टीमा जोडिएका थिए । नेकपा माले र नेकपा (माकर््सवादी) बीच पार्टी एकीकरण नभएको भए संभवत मनमोहन अधिकारी कहिल्यै नेपालको प्रधानमनत्री बन्न सक्ने थिएनन । यसको लाभ नेकपा एमालेलाई पनि हुदै आएको छ । वि.सं. २०५० जेठमा नेकपा एमालेका तत्कालिन महासचिव जनप्रिय नेता मदनकुमार भण्डारीको जीप दूर्घटनामा निधन हुदाँ पाटी माथि ठूलो बज्रपात भएको थियो । त्यति बेला देशमा नेपाली काँग्रेसको बहुमतको सरकार थियो र यो पार्टी दिग्गज एवं खारिएका नेताहरुले भरि भराउ थियो । एकातिर आफ्नो प्रिय नेताको देहावशाानका कारण कार्यकर्ताहरुमा व्याप्त दुःख र निराशालाई अन्तय गरी तिनलाई संयमित पारि उर्जावान बनाउनु पर्ने गहन चुनौति थियो भने अर्को तिर नेपाली कांग्रेससित मुकाविला गर्नु थियो । नव नियुक्त महासचिव माधवकुमार नेपालले डेढ वर्ष भित्रमै पार्टीलाई देशको सवैभन्दा ठूलो राजनीतिक पार्टीको रुपमा स्थापित गराए । माधव नेपालकै नेतृत्वकालमा नेकपा एमालेलाई पहिलो पटक ९ महिनासम्म सरकारको एकल नेतृत्व गर्ने अवसर पनि प्राप्त भयो । एमालेको ९ महिने सरकारलाई नेपालको विगत तीन दशक लामो राजनितिक इतिहासको सर्वाधिक सफल सरकार मध्येको एक मानिन्छ, किनभने यस सरकारको पालामा सामाजिक कल्याणका क्षेत्रमा उल्लेखनिय कार्यहरु संचालन गरिए । खास गरिकन ‘आफ्नो गाउँ आफै बनाउ’ कार्यक्रमले गाँउ घरमा साना–तिना बिकास निर्माणका कार्य गर्ने अवसर प्रदान गर्ने भयो भनि अर्को तिर जेष्ठ नागरिक, विधवा, अपाङ र असहायवर्गलाई समाजिक सुरक्षा भत्ता मार्फत राहत प्रदान गर्ने काम भयो । विस्तार–विस्तारै यसको रकममा नियमित रुपमा वृद्धि भएको छ र थप केही आवश्यकता भएका समूहलाई पनि यस परिभाषा भित्र अटाउने काम भएको छ ।

समाजका असहाय, कमजोर एवं निमुखा गरीवलाई पनि राज्यबाट आर्थिक सहायता प्राप्त भएवाट तिनमा अझ बढी समय सम्म बाच्ने इच्छा पनि जागृत भईरहेको छ । बुढेसकालमा पनि घर–परिवारका सदस्यहरुवाट माया, स्नेह एवं स्याहार सुसार प्राप्त भई रहनुको एउटा कारण यो भत्ता नै हो । तत्कालिन नेकपा माओवादिलाई शान्ति प्रक्रियमा ल्याउने मध्येका एवं नेपालले निरन्तर रुपमा उसंगको पार्टि एकतामा जोड दिदै आएका थिए । त्यसकालागि माओवादी संग शत्रुता पूर्ण होइन, संघर्ष रुपान्तरण र एकताले नीति अवलम्बन गरिनु पर्ने उनको मान्यता थियो । जति वेला नेकपा माओवादी पार्टी प्रतिबन्धित अवस्थामा थियो र नेकपा माओवादीका शीर्ष नेताको टाउकाको मोल तोक्ने काम भएको थियो त्यति बेलापनि माधवकुमार नेपालले माओवादी पार्टीसित सम्बन्ध कायम राखेका थिए र यदाकदा सो पार्टीका अध्यक्ष प्रचण्डलाई भेटन लखनउ एवं सिलिगुडी समेत पुगेका थिए । यसरी भेट गर्नुको मुख्य उद्देश्य देशमा हत्या हिंसाको घटना कम होस र माओवादीलाई राष्ट्रिय राजनीतिको मूलधारामा समाहित गराउन सकियोस् भन्ने अभिप्रायले थियो । यसको सकारात्मक परिणाम पनि आयो र विगत डेढ दशक देखि देशमा स्थायी शान्ति छ । वि.सं. २०७५ सम्म आई पुग्दा उनले तत्कालिन माओवादी केन्द्रसंग एकीकरणमा अध्यक्ष ओलीलाई साथदिई महत्वपूर्ण भूमिकाको निर्वाह गरेका थिए तर तीन वर्ष यता नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री के.पि. शर्मा ओलीले पार्टीका केही युवा नेताहरुको गलत सुझाव एवं सल्लाहमा मनपरी गर्न थालेपछि नेपालले पार्टीभित्र आन्तरिक लोकतन्त्रको मुद्दा उठाएर ओलिलाई निरंकुश बनेको आरोप लगाउँदै ओली प्रवृति विरुद्ध संघर्षको शंखनाद गरे ।

गत बैशाखमा पार्टी एकताकालागि आफ् नो तर्फवाट ६ बुदा प्रस्ताव अघि सारेका नेपालले, एकताकालागि महाधिवेशन सम्म अल्पमत–बहुमतको सट्टा सहमतीय प्रणलीमा पार्टी संचालन गर्नु पर्ने प्रस्ताव गरेका थिए । त्यसकालागि निर्णय प्रक्रियामा आफ्नो समूहको स्वामित्वको लागि समान हस्ताक्षर उनको बटम लाइन थियो । आफूलाई साथ दिने नेता कार्यकर्ताको सुरक्षाकालागि राखेको त्यसतो शर्तलाई अध्यक्ष ओलिले अस्वीकार गरेपछि मात्रै नेपालले पार्टी विभाजन गरेको उनको दावी छ । जीवनको उत्तरार्धमा उनलाई यस विषम परिस्थितीमा पार्टीमा बरिष्ठ एवं सम्मानित नेता झलनाथ खनाल बाहेका बरिष्ठ नेता मुकुन्द न्यौपानेको मात्र सहयोग रहेको देखियो । तर यस समयमा पनि उनलाई साथ दिने दर्जनौ सांसद र पार्टीका निष्ठावान एवं समर्पित नेताहरु छन । उनलाई बीच बाटोमा छाडेर एमालेमै फर्केका केही नेताहरुको अवस्था झन दयनीय छ । माधवकुमार नेपाल अहिले देशका अग्रणी एवं सम्मानित नेताहरु मध्येका एक हुन, नेपालको राजनीतिमा उनको कद निकै अग्लो छ तसर्थ जिवनको उतरार्धमा पनि आफु सामु आउने राजनीतिक चुनौतिको सामना गर्न उनी सफल हुने अनुमान गर्न सकिन्छ ।

Comment


Related News

Latest News

Trending News