२०७८ कार्तिक २४, बुधबार ११:१३

आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँको गिरावट आएको बताएको हो ।

महासंघले आजलाई छापावाल सुनको मूल्य तोलामा ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ८०० रुपैयाँ तोकेको छ । हिजो छापावाल सुनको मूल्य तोलामा ९२ हजार ५०० रस तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ थियो ।हिजो तिहारपछि पहिलो कारोबार दिनका रुपमा खुलेको सुनचाँदी बजारमा सुनको मूल्य एकैपटक १५ सय रुपैयाँले बढेको थियो ।

यसैगरी, सुनको मूल्य घटेको दिन चाँदीको भाउ भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ कायम रहेको महासंघले बताएको छ ।

Comment

Related News

Latest News

Trending News