२०७८ कार्तिक २५, बिहीबार ०७:१८

सूर्यको पूजा आरधना गरी चार दिनसम्म मनाइने छठको अन्तिम दिन आज उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठ सकिएको हो ।

नहाए खाए विधिबाट सुरू भएको छठको दोस्रो दिन खरना विधि गरिन्छ । त्यसैगरी तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ ।

३६ घन्टासम्म निराहार उपवास गरेका महिला र पुरुष आज व्रत तोड्दै पारन गरेका छन् । छठको व्रत बस्नाले सन्तानको आयु लामो हुने र छालासम्बन्धी रोग नलाग्ने जनविश्वास छ ।

जनकपुरधामसहित तराई क्षेत्रमा हर्सोल्लासका साथ छठ पर्व मनाईन्छ ।

https://www.youtube.com/watch?v=I9hTRCU9Tqo

Comment


Related News

Latest News

Trending News