२०७८ कार्तिक २६, शुक्रबार ०७:०८

जनकपुरधाम । जनकपुरधाम ढल्केबर सडक खण्डमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किंदा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर स्थित बुधबार राती सो दुर्घटना भएको हो । ढल्केवरबाट जनकपुरतर्फ आउंदै गरेको ज ९ प २३५५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको प्रदेश २–०१–००१ प ४८५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी प्रदेश २–०१– ००१ प ४८५८ मोटरसाइकलको चालक प्रल्हाद केसीको मृत्यु भएको छ । भने सो दुर्घटनामा परी सिरहा जिल्ला मिर्चैया नगरपालिका–६का तीन जना घाइते भएका छन । घाइते हुनेहरुमा अमित साह, रोशन महतो र राज साह रहेका छन् । घाईते मध्ये अमित साहको अवस्था गंभीर रहेकाले थप उपचारको लागि विराटनगर रेफर गरिएको ट्राफिक प्रहरी जनकपुरधामले जनाएको छ । मृतकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

Comment


Related News