अपडेट 
२०७८ कार्तिक २६, शुक्रबार ०७:२२

अस्ट्रेलिया आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै अस्ट्रेलियाले दोस्रोपकट विश्वकप क्रिकेटको फाइनलको यात्रा तय गरेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो।

उसकाका लागि डेभिड वार्नरले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै, म्याथु वेडले ४१ रनको योगदान गर्दा मार्कुस स्टोइनिसले ४० रनको योगदान गरे । मिचेल मार्सले २८ रनको योगदान गरे । बलिङतर्फ पाकिस्तानका लागि सदाव खानले सर्वाधिक ४ विकेट लिए । त्यस्तै साहेन अफ्रिदीले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । पाकिस्तानका लागि ५२ बल खेलेका रिजवानले ३ चौका र ४ छक्का प्रहार गर्दै ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।

त्यस्तै, ३२ बल खेलेका फकर जमानले ३ चौका र ४ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका कप्तान बाबर आजमले ३४ बलमा ३९ रनको योगदान गरे । बलिङतर्फ अस्ट्रेलियाका लागि मिचेल स्टार्कले दुई विकेट लिए । त्यस्तै, प्याट कमिन्स र आदम जाम्पाले समान एक–एक विकेट लिए । अब अस्ट्रेलियाले फाइनल खेलमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार हुने छ । न्युजिल्यान्ड यसअघि नै इंग्ल्याण्डलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।

Comment


Related News

Latest News

Trending News