नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भएको छ । आज कार्यालय खुल्ने समयमै सर्वोच्चको गेटमा कानुन व्यवसायीले धर्ना दिएर प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय बारले गरेको हो। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले राणालाई नहटाएसम्म आफूहरूको आन्दोलन नरोकिने बताए ।
शुक्रबार हामी राणालाई अदालत छिर्न दिँदैनौँ’, उनले भने । यस्तै सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले पनि आज प्रधानन्यायाधीश राणालाई अदालत छिर्न नदिने घोषणा गरेका छन् । बिहीकार प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग राखेर सर्वोच्च अदालतभित्रै धर्ना र कोणसभा गर्न खोजेपपछि कानुन व्यवसायी र प्रहरीबीच झडप भएको थियो। झडपमा नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्याल, महासचिव लिलामणि पौडेलसहित पाँच जना कानुन व्यवसायी घाइते भएका छन् ।
प्रहरीले धरपकड गर्दा उपाध्यक्ष बस्याल र महासचिव पौडेलसहित बारका पूर्व उपाध्यक्ष कुमार शर्मा आचार्य, केन्द्रीय सदस्य प्रकाश महर्जन, पूर्व केन्द्रीय सदस्य रमन कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई लगायत घाइते भएका नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए । नेपाल बारले बिहीबार प्रधानन्यायाधीश जबराकै निर्देशनमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि आक्रमण भएको आरोप समेत लगाएको छ ।

