अपडेट 
२०७८ कार्तिक २७, शनिबार ०७:२५

जनकपुरधाम । नेपाल इन्जिनियर एसोसिएसन निर्वाचन नजिकदै जाँदा विभिन्न संगठनहरुले आ–आफ्ना उम्मेदवारहरुको प्रचार–प्रसारमा जुटेका छन् ।

आगामी मंसिर २४ गते हुने नेपाल इन्जिनिर्यस एसोसिएसनको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस निकट लोकतान्त्रिक इन्जिनियर समुह( दिलिप कुमार झा) समूहले शुक्रवार जनकपुरधाममा एक अन्र्तक्रिया कार्यक्रम गरेको छ । अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवले लोकतान्त्रिक शक्तिलाई एकजुट भई अगाडि बढ्न आग्रह गरेका छन् । संघीय सरकारदेखि प्रदेश सरकार हरुमा पनि सम्पूर्ण लोकतान्त्रिक शक्ति एकजुट भई सरकारको नेतृत्व गरिरहेको भन्दै मन्त्री यादवले भने– ‘संविधान र संघीयतालाई संस्थागत गर्न अहिले लोकतान्त्रिक शक्तिहरुलाई एकजुट हुनुको विकल्प छैन । हामी एकजुट भएर अगाडि बढेको खण्डमा मात्रै लोकतन्त्र र संघीयतालाई संस्थागत गर्न सक्छौ ।’ छिमेकी मुलुक भारतमा लामो समयदेखि विभिन्न पार्टीका संयुक्त सरकारको अभ्यास रहेपनि नेपालमा अपेक्षाकृत व्यवहारिक रुपमा आउन सकेको छैन् मन्त्री यादवले भने–‘अहिलेको अवस्थामा नेपालमा कुनैपनि पार्टीले एकल सरकारको नेतृत्व गर्न सक्षम देखिएका छैन, तत्कालिन नेकपाको झण्डै दुई तिहाईका सरकारले पनि पाँच वर्ष सम्म नेतृत्व गर्न सकेनन्, त्यसको ज्वलन्त उदाहारण हो ।’

कार्यक्रममा लोकतान्त्रिक इन्जिनियर समुहबाट नेपाल इन्जिनिर्यस एसोसिएनका अध्यक्ष पदका उम्मेदवार दिलिप कुमार झाले इन्जिनियरहरुको हकहित र पेशागत सुरक्षाको लागि आपूmले उम्मेदवारी दिएको बताए । देशको भौतिक पुर्वाधार निर्माणमा इन्जिनियर हरुको भूमिका महत्वपुर्ण रहेको भन्दै झाले भने–‘एसोसिएसनले इन्जिनियरहरुको क्षमता अभिवृद्धिदेखि लिएर उनीहरुको पेशागत सुरक्षा, बेरोजगारी लगायतका समस्या सम्बोधन गर्न हाम्रो टिम सक्षम छ ।’ कार्यक्रममा स्वतन्त्रबाट नेपाल इन्जिनियर एसोसिएसन प्रदेश २ का अध्यक्षमा उम्मेदवारी दिएका दिपेन्द्र साहले इन्जिनियरिङ्ग पेशालाई मर्यादित, व्यवस्थित बनाउन कुशल नेतृत्वको आवश्यकता रहेको बताए । लोकतान्त्रिक इन्जिनियर समुह(दिलिप) समूहबाट उपाध्यक्षमा ऋषि कोईराला, महासचिवमा कृष्ण सिंह बस्नेत, उपमहासचिवमा सुधिर गुरागाई, कोषाध्यक्षमा रमिता श्रेष्ठ लगायतका रहेका छन् भने परिषद् सदस्यहरुमा इन्जिनियर रत्नेश्वरलाल कर्ण, पुनम शाह लगायतकाले उम्मेदवारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News