२०७८ कार्तिक २७, शनिबार १६:३१

धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठामा सम्प्रादायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस हुलहुज्जत गरिरहेको बुझिएकोले तत्कालको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले एक सुचना जारी गर्दै निषेधाज्ञा लागु गरिएको जानकारी दिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम कुनै प्रकारको भेला जुलुस, प्रर्दशन, घेराउ, प्याली, सभा जस्ता कृयाकलाप गर्न नपाउने गरी आज दिउँसो २स्०० बजे देखि भोलि राती १० बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए ।

स्थानीय प्रशासनले पुर्वमा जलाद नदीको कल्टी बांध पश्चिममा जनकपुर जटही मार्ग दोबाटो उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौक देखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।


dfsd

https://www.youtube.com/watch?v=aJqxuS3AAA0

Comment


Related News