२०७८ कार्तिक २८, आईतवार ०७:०८

जनकपुरधाम ।सत्तारुढ नेकपा प्रदर्शन रोक्न निषेधाज्ञा, सयौ प्रहरी तैनाथ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएपछि महोत्तरी जिल्लाको रामगोपालपुरमा आयोजित कार्यक्रम स्थगन गरिएको छ ।

माओवादी केन्द्र महोत्तरीले शनिवार रामगोपालपुरमा बृहत् सभाको आयोजना गरेका थिए ।तर अध्यक्ष प्रचण्डलाई अचानक रक्तचाप उच्च भएपछि कार्यक्रम रद्द गरिएको बताइएको छ । प्रचण्ड सचिवालयका अनुसार उनी उच्च रक्तचापको कारण उपचारका लागि मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् । चिकित्सकहरुले आराम गर्न सुझाव दिएको सचिवालयले जनाएको छ । प्रचण्डका अत्यन्त हितैषी नेता मध्येका धनुषाका रामचन्द्र झाले साथ छाडेका छन् ।झा नेकपा समाजवादी पार्टी प्रवेशको तयारीमा जुटेका छन् ।समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा आयोजना हुने मंसिर ७ गतेको कार्यक्रममा झा सो पार्टीमा प्रवेश गर्ने कार्यक्रम निर्धारण भएको छ । प्रचण्डलाई झाले छाडेपनि उनका सहयोगी रामकुमार शर्माले भने माओवादी छाडेका छैनन् ।शर्मा झाका अत्यन्त निकट माओवादी नेता थिए ।झा र शर्मासँगै डा.बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीमा सकृय भएका थिए । झा माधव कुमार नेपाल नेतृत्वको पार्टीमा लाग्ने भएपछि उनका पुराना सहयोगीहरु शत्रुधन महतो, श्रीप्रसाद साह लगायतका युवा नेताहरुसित भेंट हुनेछ । महतो, साह लगायतका नेताहरु तत्कालीन एमालेमा झाका बलिया सहयोगीहरु थिए । झाले दल बदल गरेपनि आगामी निर्वाचनमा हालको सत्तारुढ गठबन्धन दल एकजुट भएर चुनाव लडने संकेत गरेकाले ठूलो उपलब्धि हासिल हुने संभावना कमजोर छ ।

तर उनले राजनीतिक पद भने ठूलो पाउनेमा द्विविधा हुनुपर्ने अवस्था छैन् । झाका सहयोगी मानिएका रामसिंह यादवलेपनि नेपालसितको सहकार्यमा साथ हुने छैन् ।एमाले, माओवादी केन्द्र र नेकपा समाजवादीका नेताहरु उथलपुथल हुने क्रम जारी छ ।एमालेलाई नै सर्वाधिक क्षति भएपनि गुटबन्दी भने कायमै छ । धनुषा जिल्लामा अत्यन्त प्रभावशाली वामपन्थी नेता मानिएका रामचन्द्र झा अहिले केही कमजोर देखिएका छन् ।राजनीतिक दलबदलको कारण उनका कयौं सहयोगीहरु छुट्दै गएका छन् । पछिल्लो पटक झालाई रामकुमार शर्मालेपनि साथ छाडेका छन् । शर्माकी पत्नी इन्दु शर्मा संघीय सांसद माओवादी केन्द्रबाट छन् ।उनले दल बदल गरे सांसद पद जान सक्ने जोखिम रहेकाले शर्मा प्रचण्डलाई छाड्न सक्ने अवस्थामा छैनन् ।धनुषा, महोत्तरी जिल्लामा माओवादी केन्द्रको अवस्थामा खासै फरक भने परेको छैन् ।धनुषाको निर्वाचन क्षेत्र नम्बर १ र महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रको संगठन अझै बलियो नै रहेको छ ।

https://www.youtube.com/watch?v=aJqxuS3AAA0

Comment


Related News