२०७८ कार्तिक २८, आईतवार ०७:२९

बारा । बाराको सिमरामा प्रथम नगर स्तरीय अन्तर बिद्यालय फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता मंसीर १६ गतेदेखि सुरु हुने आयोजक ग्रास रुट्स फाउण्डेसन सिमराले शनिबार पत्रकार सम्मलेन गरी जनाएको छ । प्रतियोगितामा जितपुर सिमरा उपमहानगरपालिकाका २० वटा बिद्यालयहरुको सहभागिता रहने बताईएको छ । फाउण्डेशनका अध्यक्ष दुर्गा बहादुर क्षेत्रीका अनुसार सिमरा रङ्शालामा हुने प्रतियोगितामा प्रत्येक बिद्यामा उत्कृष्ट गोल्ड किपर ,डिफेन्स ,मिड फिल्डर ,फरवार्ड ,हाई स्कोरर र प्रशिक्षकलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक दिनको खेलमा म्यान अफ द म्याच घोषणा गरी ट्रफी प्रदान गरिने प्रतियोगिताको संयोजक सोनु क्षेत्रीले जनाए । प्रतियोगितामा प्रथम र द्धितीय हुने प्रतियोगीलाई शिल्ड ,प्रमाण पत्र र पदक प्रदान गरिने जनाइएको छ । पत्रकार सम्मेलनमा नव जनजागृती युवा क्लबका महासचिव शम्भु सिँह ठकुरी , ग्रास रुट्स फाउन्डेसनका उपाध्यक्ष रिता कडेँल ,बिद्यालयका प्रतिनिधि बसन्त ढकाल लगायतको सहभागिता रहेको थियो । बिद्यालयमा अध्ययनरत कक्षा १० सम्मका बिद्यार्थीहरुले भाग लिन पाउँने आयोजकले पत्रकार सम्मेलनमा प्रष्ट पारेका छन ।

Comment


Related News