सिरहा । प्रेस सेन्टर नेपाल, सिरहाको सम्पन्न चौथो जिल्ला अधिवेशनले आशिष विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेकोछ ।
सिरहाको गोलबजारमा शनिबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा रामभरोसी यादव, समावेशी उपाध्यक्षमा सन्तोष साह र महिला उपाध्यक्षमा अञ्जली राउत चयन गरिएका हुन् । समितिको सचिवमा मुकेश कुमार यादव ‘स्वामी’ सह–सचिव रामनारायण ठाकुर, मुकेश यादव र कोषाध्यक्षमा सरोज पासवान रहेका छन । यसैगरी समितिका सदस्यहरुमा सुरेश कुमार राय, अनुभक्त चौधरी, मोहन साह, चन्द्रदीप ठाकुर, समरिका दासलाई चयन गरिएको छ । अधिवेशनले देव कुमार यादव, चन्द्रदेव कामति र रामनारायण यादव गरी तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । अधिवेशनमा संगठनका प्रदेश इन्चाज हिरालाल चौधरी, केन्द्रीय सदस्य मणिलाल विश्वकर्मा, देव कुमार यादव, चन्द्रदेव कामति सहितकाले आ–आप्mनो धारणा व्यक्त गरेका थिए ।


