२०७८ कार्तिक २८, आईतवार १२:११

रौतहट । चन्द्रपुरबाट गौरतर्फ गइरहेको भारतीय नम्बरको कार दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ । शनिवार राती करिब साढे १० बजे यूके १२ सी २९०० नम्बरको भारतीय सुजुकी कार दुर्घटनामा परेको हो ।

प्रहरीका प्रवक्ता डिएसपी नारायणप्रसाद चिमरियाका अनुसार कार सडकबाट करिब २० मिटर तल नालाको पानीको खसेको छ । मृतकहरुको पहिचान अझै खुल्न सकेका छैन । तर उनीहरु भारतीय नागरिक छन् ।

कार रोडको तल पल्टिएको अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि पुगेको प्रहरीले उनीहरुको उद्धारको प्रयास गरेपनि तत्कालै मृत्यू भएको प्रवक्ता चिमरियाले जानकारी दिए ।

Comment


Related News