अपडेट 
२०७८ कार्तिक २८, आईतवार १२:३३

सुनको भाउ लगातार चार दिन दिनदेखि उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले कात्तिक २४ गतेदेखि सुनको भाउ बढेको बताएको छ । कात्तिक २३ गते प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य त्यसयता निरन्तर बढेको हो ।

कात्तिक २४ गते ४००, २५ गते १३ सय र २६ गते ४०० ले बढेको सुनको मूल्य आज २०० ले बढेको महासंघले जानकारी दिएको छ । यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ । आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्दै १२ स ९५ रुपैयाँ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News