२०७८ कार्तिक २८, आईतवार १३:२६

केन्द्रिय बार एसोसिएसनको समर्थन जनाउँदै धनुषाका कानून व्यवसायीहरु हातमा कालोपट्टी बाँधेर अदालतको मुलद्वार अवरुद्ध गर्दै धर्नामा बसेका छन् ।

आईतबार नेपाल बार एसोसिएसन जनकपुरले पुर्वनिर्धारित कार्यक्रम अनुसार बिहान साढे ११ बजेदेखि अदालतको मुलद्वार अवरुद्ध गर्दै धर्नामा बसेका हुन् । नेपाल बार एसोसिएन जनकपुरका अध्यक्ष किशोरी साहले न्यायाधीश हरिकृष्ण कार्कीले बुझाएको प्रतिवेदन लागु गर्नुपर्ने माग गरेका छन् ।उनले आफूहरुको एक सुत्रीय माग पूरा नहुन्जेलसम्म बार एसोसिएसन केन्द्रिय समितिको आन्दोलनलाई ऐक्यवद्धता गर्दै धर्नामा बसेको जानकारी दिए । अध्यक्ष साहले, देसव्यापी अदालहरुमा भईरहेको भ्रष्टाचार, बिचोलिया र सेट्टिङ गरेर मुद्या मिलाउने जस्ता अमर्यादित कामहरु रोक्न र आम नागरिकलाई न्याय दिलाउन आफूहरु तिन दिने धर्नामा बसेको बताउनुभयो ।

अदालतको मुलद्वार अवरुद्ध गरेर कानून व्यवसायीहरुले आन्दोलन गर्दा सेवाग्राहीलाई मर्का पर्नुका साथै कामकाज समेत प्रभावित भएको छ ।

Comment


Related News