अपडेट 
२०७८ कार्तिक २८, आईतवार १८:३१

मधेश स्वास्थय विज्ञान प्रतिष्ठान अन्तरगत रहेको जनकपुरधामको प्रादेशिक कोरोना अस्पतालमा प्रादेशिक अन्तरगतको विशेष सेवा सुरु गरिएको छ ।

कोरोना महामारीलाई मध्यनजर गर्दै सय वेडको स्थापना गरिएकै कोरोना अस्पतालमा कोरोनाको विरामीहरुको कमी भएपछि अस्पतालमा विशेष सेवाहरु सुरु गरिएको मधेश स्वास्थय विज्ञान प्रतिष्ठानका उपकुलपुति डा.रामकेवल साहले वताए । आइतवार बाट सुरु गरिएको अति विशेषज्ञ सेवाहरुमा ढांड सम्वन्धि(स्पाइनल कड),हार्डजोर्नी,स्पाइन सर्जरी,बालबालिकाका लागि क्रिटिकल केयर सम्वन्धि सुविधा(पिकु र निकु सुविधा) २०/२० बेडको इन्टेन्सिभ केयर सहित संचालनमा ल्याइएको छ ।यस असप्तालमा निकट भविष्यमा ह्दय ट्रान्सप्लान्टको सुविधा पनि सुरु गरिने डा. साहले वताए ।

अस्पतालमा रहेको दक्ष जनशक्ति,साधनस्रोतको उपलव्धता,सरकार पनि सकारात्मक भएकोले अस्पतालमा विशेष सेवा सुरु गरिएको वताए ।

अस्पतालमा अर्थोपेडिक सर्जनको रुपमा डा.राकेश मण्डल,अंको सर्जन डा.अवधेश साहले सर्जिकट ट्रिटमेन्टको थालीनी गर्ने,न्युरो सर्जनका लागि हेमन्त साह,पिआइसीयु र एनआइसीयुको सुविधालाई स्तरियता दिनका लागि संचालनमा ल्याइएको छ । अस्पतालको उदेश्य पैसा कमाउने नभएकोले चलनचल्तीको शुल्क तोकिएको छ भने निशुल्कका साथै बजारमा पाउने औषधीको मुल्य भन्दा सस्तो रहने वताइएको छ ।

कोरोनाका लागि आएको वजेटमा नै सुरु गरिएको विशेष सेवाले जनकपुरधामबाट विरामीलाई अन्यत्र पठाउनुपर्ने समस्यालाई समाधान गर्ने उदेश्यल सुरु गरिएको वताइएको छ ।

Comment


Related News

Latest News

Trending News