२०७८ कार्तिक २९, सोमबार ०७:१२

जनकपुरधाम ।देशका प्रथम राष्ट्रपति डा. रामवरण यादवका ज्येष्ठ पुत्र डा.चन्द्रमोहन यादव नेपाली कांग्रेसको वडा प्रतिनिधिका लागि चुनावमा भिड्दै छन् ।

धनुषा जिल्लाको संघीय निर्वाचन क्षेत्र नम्बर ४ को लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर ४ सपही घर भएका यादवलाई वडा समितिमा सर्वसम्मत प्रतिनिधि बन्न चुनौती दिएपछि उनी बाध्य भएर चुनावमा जानु परेको हो । लक्ष्मीनिया गापाको ७ मध्ये वडा नम्बर ४ सपहीमा मात्र चुनाव हुने भएकोछ ।अन्य वडाहरु निर्विरोध भइसकेको छ ।यादव बिगतमा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।हालको अवस्थापनि उस्तै देखिएको छ । कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पुत्र अनुकुल निधिलाई क्रियाशील सदस्यबाट नगराईनको राजनीतिमा प्रवेश गराएका छन् ।स्रोतहरुका अनुसार निधि क्षेत्रीय प्रतिनिधिमा आउने निश्चित छ ।

https://www.youtube.com/watch?v=aJqxuS3AAA0

Comment


Related News

Latest News

Trending News