अपडेट 
२०७८ कार्तिक २९, सोमबार ०७:२३

नेपाल र भारत बीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो कडी सांस्कृतिक एवं सामाजिक समानता पनि हो ।

धार्मिक र सांस्कृतिक समानताका कारण यी दुई देशका नागरिक एक अर्काका निम्ति अभिन्न हुन् । एकसमान उपासना पद्धति, देवी–देवता, तीर्थस्थल, पर्व, त्योहार र एकसमान नै देवकर्म एवं पितृकर्म गर्ने लगायतका अनेकौ मान्यताले हामीलाई अभिन्न बनाएको छ । दक्षिणी छिमेकी भारतमा ७ वर्ष अघि नरेन्द्र मोदी नेतृत्वको सरकार अस्तित्वमा आउँदा उसले नेपाल, भारत र श्रीलंका लगायतका देशहरुसितको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्ने काम गर्यो । मोदी सरकारले पूर्वीय दर्शन र हाम्रो आर्य संस्कृतिलाई उच्च महत्व दिदै आएको छ । दक्षिण एसियामा रहेका धार्मीक मान्यता, सांस्कृतिक धरोहर एंवम ऐतिहासिक महत्वका विषयलाई पुन स्थापीत गर्दै यसलाई विश्वव्यापी रुपमा नै लोकप्रिय बनाउने काम भईरहेको छ । यसै कडीमा भगवान राम र माता जानकीको जीवन गाथासंग जोडिएका महत्वपूर्ण क्षेत्रहरु र भगवान गौतम बद्धको जीवन गाथासंग जोडिएका क्षेत्रहरुलाई समेटेर उनले रामायण संर्किट र बुद्धिश्ट सर्किटको प्रस्ताव गरेका छन् । नेपाल र भारतका जनताबीचको अटुट र अनन्त सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने र पारस्परिक सांस्कृतिक सम्बन्धलाई अझ बढी सुदृढ बनाउने उद्देश्यले समय– समयमा शिक्षा, कला, साहित्य संगित एवं अन्य क्षेत्रमा समेत दुबै देशका विज्ञहरु मार्फत अनुभवको आदान–प्रदान हुदै आएको छ नेपाल र भारतका जनाता पूवीृ सम्मता एवं संस्कृतिका साझा बाहक भएका कारण यसको संरक्षणको जिम्मेवारी पनि हाम्रै काँधमा रहेको छ । चारैतिरबाट सनातन धर्म संस्कृतिमाथि प्रहार भइरहेको अवस्थामा हामीहरुले यसको रक्षा गर्ने होइन भने हाम्रो अस्तित्व नै समाप्त हुनेछ ।

साना साना प्रयासले पनि ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भने विषयलाई ह«दयर्गम गरेर नै दक्षिण छिमेकी भारतले आफनो स्वतन्त्रताको ७५औं वर्षको उपलक्ष्यमा पशुपतिनाथ–काशीविश्वनाथ अमृत महोत्सव मोटर साइकिल रैलीको आयोजना गरेको देखियो । भारतले स्तन्त्रता हासिल गरेको ७५ वर्ष पुरा भएकोमा यस वर्षलाई अमृत महोत्सवको रुपमा मनाइरहेको छ । भगवान पशुपतिनाथ र काशी विश्वनाथ विश्वकै हिन्दुहरुको आस्थाको केन्द्र रहि आएका कारण नेपाल स्थित भारतीय राजदुतावासले यस अमृत महोत्सवको आयोजना गरेको मान्न सकिन्छ । भारत र नेपालका जनताबीचको अटुट र अनन्त सम्बन्धलाई उजागर गर्ने र पारस्परिक सांस्कृति सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना भइरहेको छ । हाम्रो दुई देशका साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका बारेमा युवाहरुमाझ जनचेतना फैलाउनु पनि आवश्यक रहेको छ । अमृत महोत्सवको अवसरमा आयोजित मोटरसाइकिल रैलीमा सहभागीहरुले महत्मा गान्धीले भारतको स्वतन्त्रता आन्दोलनमा चम्पारण सत्याग्रह आरम्भ गरेका स्थान मोतिहारी, भगवान बुद्धले पहिलो प्रवचन दिएको स्थल सार नाथ तथा भारत र नेपालका धर्मालम्बीहरुको एक प्रख्यात धार्मिक स्थल गोरखनाथ मठ जस्ता विभिन्न ऐतिहासिक स्थलहरुको पनि भ्रमण गर्नेछन् । यसबाट हाम्रा धार्मिक, सामाजिक एवं सांस्कृतिक धरोहरहरु अक्षुण रहनुका साथै यसको विस्तार एवं विकासमा समेत मदत मिल्ने छ । हामीले गर्व गर्न सक्ने विषय भनेका यिनै हुन् । हाम्रो साझा धरोहर एवं सांस्कृतिक तथा धार्मिक मुल्य मान्यताको विकासमा एकाग्रचित भएर लाग्नुको विकल्प छैन । राजर्षि जनककी सुपुत्री राजकुमारी सीताको जीवनगाथा मिथिलाको पवित्र जनकपुरबाट प्रारम्भ हुन्छ र उनको प्राकट्य स्थली पुनौराधाम तथा धनुषाधामलाई पनि रामायण सर्किटमा जोडिने सम्भावना रहेको छ ।

अयोध्याका राजकुमार भगवान मर्यादा पुरुषोतम श्रीरामसित माता जानकीको शुभविवाह पश्चात जनकपुर र अयोध्याको बीचमा पर्ने मिथिला एवं बिहारका महत्वपुर्ण केही क्षेत्रहरु सहित उत्तर प्रदेशका अयोध्या सहित कतिपयक्षेत्रहरु लाई समेत यसमा जोडिने भएकोछ । यसमा अनेकौ धार्मिक एवं ऐतिहासिक स्थलहरुलाई समेट्नुका साथै भगवान श्रीरामले १४ वर्ष बनवासको क्रममा ब्यतित गरेका पवित्र क्षेत्रहरु तथा माता जानकीलाई अपहरण गरी राखिएको ठाउँ श्रीलंकाको क्षेत्रलाई समेत जोडेर पवित्र “रामायण सर्किट” बनाउने योजना रहेको छ । विगतका दिनमा भारत मध्यप्रदेशको टिकमगढकी महारानीले पवित्र जनकपुरधाममा माता जानकीको मन्दिर निर्माण गराएकी थिईन् त्यतिबेला नै यसको निर्माणमा ९ लाख रुपैयाँको खर्च भएको थियो । त्यसैले होला यस मन्दिरको एउटा अर्को नाम “नौलखा” मन्दिर पनि रहेको छ । विवाह मण्डप र यात्री धर्मशालाको निर्माणमा पनि भारत सरकारकै सहयोग रहेको छ । करिब चार वर्ष अघि जनकपुर भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरको विकासका निम्ति आर्थिक सहयोगको घोषणा गर्नु भयो । भारतका तात्कालिन प्रधानमन्त्री चन्द्रशेखरले जानकी मन्दिरको भ्रमण गरेको २६ वर्ष पश्चात कुनै भारतीय प्रधानमन्त्रीले चार वर्ष अघि जनकपुरको भ्रमण गरेका थिए । त्यसैगरी भगवान गौतम बुद्ध जन्मेको ठाउँ लुम्बिनी, उनले ज्ञान प्राप्त गरेका ठाउँ बिहारको बोधगया तथा उनले महानिर्वाण प्राप्त गरेको कुशीनगरलाई समेटेर एउटा बृद्धिष्ट सर्किटको निर्माण गर्ने योजना रहेको छ । हुनत भगवान गौतम बुद्धको जीवनगाथा नेपाल र भारतसित मात्रै सम्बन्धित रहेको छ तर यी दुई देश हिन्दु बाहुल्य हुन् तसर्थ संभव भए श्रीलंका र भुटानलाई पनि यसमा समेटेर बुद्धिष्ट सर्किटको निर्माण गर्न सकिन्छ । हुनत भगवान गौतम बुद्धका अनुयायीहरु नेपाल, भारत, भुटान र श्रीलंका मात्रै होइनन् अपितु एसियाका दर्जनौ देशहरुमा पनि छन् । बुद्ध सर्किटको निर्माणले नेपाल र भारतको दुई पक्षीय सम्बन्धलाई त बलियो बनाउने छ न,ै यसले बुद्ध धर्म संस्कृतिको विकास र विस्तारमा पनि मदत पु¥याउने छ ।

नेपालमा अहिले धर्म परिर्वतन गरी इसाई धर्म ग्रहण गर्नेहरु मध्ये पहाडका आदिवासी, जनजाति र दलित वर्गका बढी संख्यामा छन् । बुद्ध सर्किटको निर्माणले उनीहरुलाई आफनो धर्म प्रति मात्रै आस्थावान रहन प्रेरित गर्नेछ । विश्वका हिन्दुहरुको आस्थासित जोडिएका एक अन्य विषय हुन पवित्र धर्मग्रन्थ महाभारतमा वर्णित स्थलहरुको संरक्षण एवं सम्बद्र्धनको निम्ति महाभारत सर्किटको निर्माण । पाँच पाण्डव एवं द्रौपदीले अज्ञातवासको एक वर्ष राजा विराटको राज्य अथवा राजधानीमा बिताएका थिए । बिराटनगर पनि महाभारत सर्किटको एउटा बिन्दु हुन सक्दछ । महाधनुर्धर अर्जुनले सम्भवत : बिराट राजा कै राज्यमा रहेका बेला किराँतहरुबाट थप धनुर्विद्यया र युद्धकौशल सिकेका थिए । किराँतहरु पनि भगवान शिवकै अनुयायी छन् । भगवान शिवले किराँत अवतार पनि लिएका थिए । यालम्बरलाई किराँतहरुको पहिलो राजा मानिन्छ । भनिन्छ अर्जुनले शिवको किराँत अवतारको पुजा पनि गरेका थिए । महाभारतका महाबली बरबरिक जो श्रीकृष्णको धुर्तताका कारण महाभारतको युद्ध लडन सकेनन, उनी पनि किराँत नै थिए । बरबरिकसित रहेको तिरलाई अहिलेको जमानाको लेजर गाईडेड मिशाइल पनि मान्न सकिन्छ । कोशी नदी पारी देखि लिएर सिक्किम सम्म फैलिएका जनजातिहरु किराँतरुपी भगवान शिवका बंशज नै छन् । राजा यलम्बरको शासनकालमा किरातहरु थानकोट क्षेत्रमा आएका थिए । अब त राजधानी काठमाडौं सहित पुरै देशमा किराँतहरु (राई लिम्बु) फैलिएका छन् । महाभारत सर्किटको निर्माणमा नेपालको पूर्वी पहाड, कोशी नदी पारिका तराई,क्षेत्र मध्य एवं पश्चिमी पहाडी क्षेत्रलाई पनि महाभारत सर्किटमा समावेश गर्ने प्रयास हुनु पर्दछ ।

संभवत : उपरोक्त धार्मिक सर्किटहरुको निर्माणको काम थालिए यसमा थप अध्ययन एवं अनुसन्धानहरु हुनेछन् र यसबाट धेरै ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्वका तथ्यहरु फेला पर्नेछन् । यजुर्वेदमा पनि किरात शब्दको चर्चा भएको पाइन्छ । किरातको अर्थ नै “पहाडका सुन्दर मानिस” हुन्छ । यस अर्थमा रामायण, महाभारत, बुद्ध, शिख एवं शिव शक्ति सर्किटको निर्माण भएबाट हाम्रा धार्मिक एवं सांस्कृकित सम्बन्ध बढी घनिष्ट हुनेछन् र यसबाट पर्यटकहरु पनि आकर्षित हुनेछन् । भारतको स्वतन्त्रताको अमृत महोत्सवका अवसरमा आयोजित यस मोटर साइकिल रैलीको मुल उद्देश्य युवाहरुमा हाम्रा साझा सांस्कृतिक बिरासतहरु सित अवगत गराउनु नै रहेको देखियो तर अगामी दिनमा धार्मिक सर्किटहरुको निर्माणले विश्वका एक सय करोड जति हिन्दु र एक सय पच्चीस करोड भन्दा बढी ओमकार परिवारका सदस्यहरुको निम्ति यो आस्थाको केन्द्र सावित हुनेछ ।

Comment


Related News

Latest News

Trending News