अपडेट 
२०७८ कार्तिक २९, सोमबार १२:२७

नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ छ । हिजो आइतबार ९४ हजार ६०० र तेजाबी सुनको मूल्य ९४ हजार १०० रुपैयाँ थियो ।यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । हिजो आइतबार तोलामा १२ सय ९५ रुपैयाँ रहेको चाँदीको भाउ आज १२ सय ८० रुपैयाँ छ ।

Comment


Related News

Latest News

Trending News