अपडेट 
२०७८ कार्तिक २९, सोमबार १५:५०

एजेन्सी । प्रदूषण बढ्दै गएपछि दिल्ली सरकारले एक हप्ताका लागि विद्यायलय बन्द गर्ने निर्णय गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले आजैबाट एक हप्ताका लागि विद्यालय बन्द भएको जानकारी गराएका हुन् ।

विद्यालय बन्द रहेपनि अनलाइन कक्षा सञ्चालनमा रहनेछ । त्यस्तै, सरकारी कर्मचारीलाई पनि घरबाटै काम गर्न निर्देशन दिइएको छ । १४ नोभेम्बरदेखि ४ दिन कन्स्ट्रक्सनका सबै काममा समेत रोक लगाइएको छ ।

भारतको सर्वोच्च अदालतले दिल्लीमा कम्तिमा दुई दिन लकडाउन गर्न सुझाएको थियो । सर्वोच्चको सुझावअनुसार नै यस्तो निर्णय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । अत्यधिक प्रदुषणको मार बालबालिकामा पर्न नदिन विद्यालय क्षेत्र बन्द गरिएको मुख्यमन्त्री केजरिवालको भनाई छ ।

यस्तै, भारतीय प्रदुषण नियन्त्रण बोर्डले पनि प्रदुषण नियन्त्रणका लागि कठोर कदमका लागि तयार रहन भनेको छ । बोर्डले हावाको कमजोर गतिका कारण कम्तिमा नोभेम्बर १८ भन्दा पहिले प्रदुषण कम हुने सम्भावना नरहेको बताएको छ ।

Comment


Related News

Latest News

Trending News