२०७८ कार्तिक ३०, मंगलवार ०७:३६

गरुडा । रौतहटको फतुवा विजयपुर नगरपालिकाका शिक्षक र कर्मचारी तलबको माग गर्दै आन्दोलित भएका छन ।

झण्डै तीन सय शिक्षक तथा कर्मचारीहरुले तलबको माग गर्दै आन्दोलनमा उत्रेका हुन् । आन्दोलित शिक्षक तथा कर्मचारीहरुले सोमवार नगरपालिकाको कार्यालय घेराउ गरेका छन । सो क्रममा शिक्षक÷कर्मचारीहरुले जनप्रतिनिधिको लापरवाहीको कारण ढिला सुस्तीको कारण विगत पाँच महिनादेखि तलब भत्ता नपाएको आरोप लगाए । गत दशैं अगावै पाउनुपर्ने तलब सुविधा कार्तिक महिना बित्न लाग्दा पनि पाउन नसकेकोले हामीले बाध्य भई आन्दोलन गर्नु परेको शिक्षक उषा किरण श्रेष्ठले गुनासो गरिन् । नगरसभा भएको महिनौ बितिसक्दा पनि जनप्रतिनिधि बीच रकमको भागबण्डा नमिलेको कारण फतुवा विजयपुर नगर अन्तर्गत ३२ विधालयका झन्डै २ सय ५० शिक्षक र अन्य कर्मचारी गरि ३ सयको हाराहारीमा शिक्षक कर्मचारीले तलब पाउन नसकेको एकजना आन्दोलनकारीहरुले जनाएको छ । पहिलो चरणको आन्दोलन स्वरुप सबै विद्यालयका शिक्षकहरु पठनपाठन बन्द गरी बिहान १० बजेदेखि ४ बजेसम्म विधालय प्रांगणमा धर्नामा बसिरहेका छन ।

पहिलो चरणको आन्दोलनबाट पनि आफुहरुको माग सुनुवाई नभए यो भन्दा पनि कडा आन्दोलन गर्ने आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुले चेतावनी दिएका छन । फतुवा विजयपुरका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद गुप्ताले योजना तर्जुमा नभएको कारण तलब दिने अख्तियारी हालसम्म नआएकोले उनिहरुलाई तलवभत्ता खुवाउन नसकेको बताएका छन ।

Comment


Related News

Latest News

Trending News