अपडेट 
२०७८ कार्तिक ३०, मंगलवार ०८:२५

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । गत १६ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका राईले सोही व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका हुन् । आज बस्ने प्रदेशसभा बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

बहुमतका लागि प्रदेश सभामा ४७ सांसद आवश्यक पर्दछ। गठबन्धनका तर्फबाट मुख्यमन्त्री नियुक्त भएका राईलाई ५० भन्दा बढी सांसदले मत दिने दाबी गरिएको छ। प्रदेश सभामा कूल ९२ सांसद छन् । गठबन्धनका पक्षमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन र लोकतान्त्रिक समाजवादीका एक सांसद छन्। प्रमुख प्रतिपक्षी एमालेका ४१ सांसद छन्। यसअघि एमालेका तर्फबाट मुख्यमन्त्री बनेको भीम आचार्यले राजनिामा दिएपछि राई मुख्यमन्त्री बनेका हुन् ।

यसैबीच, विश्वासको मत लिने अघिल्लो दिन गठबन्धनका सांसद्हरुलाई विराटनगरको बिग होटलमा राखिएको छ। प्रमुख प्रतिपक्षी दल एमालेले गठबन्धनका सांसद्हरुलाई प्रभावित बनाएर विश्वासको मत लिने प्रस्तावलाई असफल बनाउने आशंका गर्दै सांसदहरुलाई होटलमा राखिएको गठबन्धनका एक सांसदले बताए।सोमबार पाँच दलले आफ्ना सबै सांसद भेला गरेर मंगलबारको प्रदेशसभा बैठकमा हुने विश्वासको मत दिने कार्यक्रममा अनिवार्य उपस्थित हुन निर्देशन दिइसकेका छन्।

Comment


Related News

Latest News

Trending News