२०७८ कार्तिक ३०, मंगलवार १३:२८
हिजो केही घटेको सुनको भाउ आज भने फेरि बढेको छ ।
आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।


