अपडेट 
२०७८ कार्तिक ३०, मंगलवार १६:२७

नेपालमा मंगलबार ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ५ सय ५ पिसिआर परिक्षणका क्रममा ३ सय ३९ जना र २ हजार ६ सय ४४ एन्टीजेन परिक्षणका क्रममा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १२ हजार ८ सय ४६ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ८२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ सय ७० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९८ हजार ७ सय १४ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा ७ हजार ४ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News