२०७८ मंसिर १, बुधबार ०६:३१

सप्तरी । सप्तरीका अग्रज पत्रकार बैद्यनाथ झालाई लक्ष्मी– मुक्ति स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट सम्मान गरिएको छ ।

मंगलबार लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार कोषद्वारा आयोजित पुरस्कार वितरण समारोहमा झालाई सो पुरस्कारबाट सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ सप्तरी शाखा सभापति श्रवण देवले झालाई नगद ५ हजार ५ रुपैयाँ सहित दोसल्ला र कदरपत्रबाट सम्मान गरे । झा यस अघि प्रकाश मानव अधिकार वर्ष २०७१ तथा गोरखा दक्षिणबाहु चौथो बाट समेत सम्मानित भइसकेका छन् । महासंघ शाखाका पूर्वसभापति तथा प्रेस स्वतन्त्रता सेनानी समेत रहेका झा पत्रकारिता क्षेत्रमा अहिले पनि क्रियाशील रहेको तथा समाज उत्थान र विकासमा समेत योगदान पु¥याउंदै आएकोले उनलाई पुरस्कृत गरिएको छनौट समितिका संयोजक व्यासशंकर उपाध्यायले बताए । पत्रकार महासंघका पूर्वसभापति शिवहरि भट्राईले आफ् ना आमा लक्ष्मीदेवी र बुवा मुक्तिनाथ उपाध्यायको नाउँमा अक्षय कोषको स्थापना गरी गत वर्षदेखि लक्ष्मी– मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । कार्यक्रममा कोषका संस्थापक तथा मिडिया काउन्सिल प्रदेश २ का अध्यक्ष समेत रहेका शिवहरिप्रसाद भट्राइले आगामी वर्षदेखि सो पुरस्कारको राशी ७ हजार पु¥याउने घोषणा गरे ।

उनले जन्म दिने आमा लक्ष्मी र कर्मक्षेत्रमा सहयोग गर्ने आमा बालकुमारीको नाम समेत जोडेर आगामी वर्षदेखि पुरस्कार राशी बृद्धि गरिने जानकारी दिए । सो अवसरमा पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह, आधिकारिक कर्मचारी युनियनका अध्यक्ष अजय झा, प्रेस काउन्सिलका पूर्व सदस्य अनिल कुमार अनल, पत्रकार महासंघका पूर्व सभापति विष्णु मण्डल, धीरेन्द्र साह लगायतले आ–आप्mना धारणा व्यक्त गरे । विगत चार दशक देखि पत्रकारिता पेशामा संलग्न भई योगदान पु¥याउंदै आएका ६६ वर्षीय पत्रकार झा यो पुरस्कार पाउने दोश्रो पत्रकार हुन् ।

Comment


Related News

Latest News

Trending News