![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
सुन आज ताेलामा पाँच सय रुपैयाँले घटेकाे छ ।
तोलामा ५ सय रुपैयाँले घटेर सुन आज अस्तिकै भाउमा काराेबार भइरहेकाे छ । आज सुन तोलाको ९४ हजार ३ सय रुपैयाँमा झरेको हो । यो हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले सस्तो हो । यस्तै, चाँदी पनि तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलामा १२ सय ९० रुपैयाँ थियो ।