२०७८ मंसिर २, बिहीबार ०७:२८

नेकपा एमालेको १० औं महाधिवेशनका लागि प्रदेश २ मा भएको प्रतिनिधि छनौटमा पूर्व माओवादीलाई पाखा लगाइएको छ ।

प्रदेश २ मा पूर्व माओवादीबाट आएका प्रभु साहको समूहलाई सर्लाही जिल्लामा एउटा पनि स्थान दिएको छैन् ।साहकै गृह जिल्ला रौतहटमा समेत अवस्था कमजोर छ । तर धनुषा जिल्लामा सहमतिबाट नै महाधिवेशन प्रतिनिधि चयन भएको पूर्व माओवादी नेता रामचन्द्र मण्डलले बताए ।‘सहमतिबाट नै प्रतिनिधिहरु छनौट गरिएको छ’ धनुषाका ईञ्चार्ज समेत रहेका मण्डलले भने, धनुषामा ५३ जना प्रतिनिधि मध्ये ३ जना दलित, १५ जन महिला र ३५ जना पुरुष महाधिवेशन प्रतिनिधि छानिएका छन् । तर धनुषा जिल्लामा रघुबीर महासेठ समूहले एकलौटी गरेको आरोप असन्तुष्ट नेताहरुले लगाएका छन् ।अन्य दलहरुबाट आएकाहरुलाई प्राथमिकतामा राखेको बताइएपनि पूर्व माओवादीलाई पूर्ण उपेक्षा गरिएको बताइएको छ । महाधिवेशन प्रतिनिधि चयनमा युवाहरुलाई अवसर नदिएको गुनासो गरिएको छ ।लोकतान्त्रिक विधि नअपनाई राति भागबण्डा गरेर प्रतिनिधि छनौट गरिएको आरोप लगाइएको छ । तर मण्डलले भने, जिल्लामा सहमतिबाट नै प्रतिनिधि छनौट भएको छ ।प्रतिनिधि छनौटमा कुनै विवाद नरहेको उनले बताए ।

असन्तुष्ट नेताहरुले पूर्ब माओवादीलाई जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा २/२ जना प्रतिनिधि दिइएको छ ।कतिपय नेताहरुका अनुसार ५३ जना प्रतिनिधि मध्ये ४० जना महासेठ निकट रहेका छन् । प्रादेशिक कमिटीले महोत्तरी जिल्लाको बर्दिबासमा मंगलवार आयोजना गरेको भेलामा उपमहासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डे लगायतका नेताहरु सहभागी भएपनि प्रभु साह समूहको सहभागिता थिएन् । साहले केही महिना पूर्व आई टी आर्मीको नाममा प्रदेश २ का जिल्लाहरुमा संगठन बनाएका थिए ।तर महाधिवेशन प्रतिनिधिमा उनको सेनाको भूमिका निष्कृय देखियो ।साहको भन्दा महासेठलाई एमालेमा अत्यधिक महत्व दिएको छ ।

https://www.youtube.com/watch?v=aJqxuS3AAA0&t=7s

Comment


Related News

Latest News

Trending News