२०७८ मंसिर २, बिहीबार ०७:३१

रौतहट । जिल्ला कारागार कार्यालय रौतहटमा बन्दी जीवन विताइ रहेका एकजना कैदीले आत्महत्या गरेका छन ।

रौतहट जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक र जर्वजस्ती करणी मुद्दामा २१ वर्ष जेल सजाय र ३० हजार रुपैया जरिवाना सजाय पाइ बन्दी जीवन विताइ रहेका स्थानीय देवाही गोनाही नगरपालिका ७ बस्ने २२ वर्षीय लराइ साह तेलीले कारागार भित्र रहेका शौचालयमा गम्छाले घाटीमा पासो लगाइ आत्म हत्या गरेका हुन् । २०७६ साल बैशाख ४ गते देखि कारागारमा रहेका साहले दिउँसो करिव १ बजेको समयमा पासो लगाएर अचेत भएको अवस्थामा देखिएपछि कारागार प्रशासनले उपचारको साहलाई जिल्ला अस्पताल गौरमा लैजाँदा दिउँसो २ बजेर १० मिनेटमा चिकित्सकले मृत घोषणा गरेको कारागार प्रमुख शम्भु यादवले जानकारी दिएका छन् । आत्महत्या किन र के कारण गरेको भन्ने विषय खुल्न नसकेको र थप अनुसन्धानको कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विगत दुई बर्ष देखि कारागारमा रहेका साहले गरेको आत्महत्यालाई शंकास्पद भनिएको छ ।

जिल्लामा उनको आत्महत्याको चर्को विरोध गर्ने तयारी पनि गरिएको छ । सामाजिक अभियन्ताहरुले उनले आत्महत्या नगरेको भन्दै प्रहरी प्रशासनमाथि शंका गरेका छन् । उनीहरुले उनको हत्याको दोषी कारागार प्रशासन रहेको भन्दै प्रशासन विरुद्ध आन्दोलनको चेतावनी समेत दिएका छन् ।

Comment


Related News

Latest News

Trending News