२०७८ मंसिर २, बिहीबार ०७:५२

जनकपुरधाम । नेपाली कांग्रेस जनकपुरधाम उप– महानगरपालिका–८ को सभापतिमा सुरेन्द्र शर्मा निर्वाचित भएका छन् ।

शर्माले १ सय ४९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी सुभाषचन्द्र मिश्रले १ सय २५ मत प्राप्त गरे । कमिटीको उपसभापतिमा १ सय ३९ मत ल्याइ विजय कुमार पाठक र १ सय ५३ मत ल्याएर सम्राट सिंह निर्वाचित भएका छन् । सचिवमा रविन्द्र उपाध्याय र रेणुकुमारी यादव,सह–सचिवमा जानकी रमण झा र विजय झा निर्वाचित भएका छन् । त्यसै गरि सदस्यहरुमा रामु राय, जनक पोखरेल, भुवनेश्वर मौआर, राजन कुमार कर्ण, नवलकिशोर लाल कर्ण, अमित कुमार पाठक, कृष्ण कुमार सिंह, मुरली कुमार सिंह, सियाराम झा, कमलेश्वर प्रसाद जयसवाल निर्वाचित भएका हुन् । सदस्य पदको खुल्ला महिला तर्फ विना कुमारी यादव, रीता देवी साह, शिवकलियादेवी, निर्मला दाहाल,माला सिंह निर्वाचित भएकी छिन् । त्यस्तै क्षेत्रीय प्रतिनिधिको लागि खुला तर्फ दिगम्बर राय, जीवनाथ चौधरी, लालबाबु साह, रामदेव यादव, अनिल कुमार मिश्र, रामनरेश दास, मनोमोहन साह, शशिभुषण झा, सन्तोष कुमार राउत, निर्वाचित भएका छन् । क्षेत्रीय प्रतिनिधि तर्फको महिला खुला तर्फ रिंकु साह, बिनादेखा कुमारी, अर्पणा मिश्र, सरोज देवी, कुशुम देवी राय निर्वाचित भएकी छिन् ।

क्षेत्रीय प्रतिनिधिको लागि समानुपातिक तर्फ आदिवासि जनजाति समूहमा विनोद कुमार सिंह निर्वाचित भएका हुन् । त्यसै गरी समानुपातिक तर्फ मधेशी क्षेत्रीय प्रतिनिधिको लागि शम्भु मिश्र,दिपक कुमार ठाकुर, रामनरेश पाण्डे निर्वाचित भएका छन । त्यस्तै क्षेत्रीय प्रतिनिधिको लागि समानुपाति तर्फ मधेशी महिला समूहमा अर्पणादेवी मिश्र, रुपा कुमारी सिंह,रञ्जु कुमारी शर्मा निर्वाचित भएकी छिन् ।

Comment


Related News

Latest News

Trending News