अपडेट 
२०७८ मंसिर २, बिहीबार ११:३६

बिहीबार सुनको भाउ थप २०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँले बृद्धि हुँदै ९४ हजार ५०० रुपैयाँ पुगेको हो ।  गत बुधबार बजारमा सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत बुधबारको तुलनामा बिहीबार तोलामा २०० रुपैयाँले नै बृद्धि हुँदै ९४ हजार रुपैयाँ पुगेको महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने गत बुधबारकै मूल्य कायम हुँदै बिहीबार पनि एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News