सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका १ मधुवनीस्थित राम जानकी मन्दिर संरक्षण संस्थाको परिसरमा निर्मित धर्मशालाको उद्घाटन भएको छ ।
प्रदेश २ का भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले उक्त धर्मशालाको उद्घाटन गरेका हुन् । उनले आवश्यक सहयोगको प्रतिबद्धता जनाएका छन् । संस्थाका अध्यक्ष एवं नेपाल प्रहरीका एसएसपी राजेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा उद्घाटन कार्यक्रम जारी छ ।
संस्थाका अध्यक्ष चौधरीकै पहलमा विभिन्न निकायबाट सहयोग जुटाएर सुविधा सम्पन्न धर्मशाला र मन्दिर निर्माण गरिएको छ । धर्मशाला निर्माणले स्थानीयबासी खुशी भएका छन् ।
धर्मशाला उद्घाटन समारोहमा प्रदेश सांसद अशोक यादव, गाउपालिका प्रमुख केदार यादव, फिल्मकर्मी मुरलीधर, जसपा नेताहरु राजलाल यादव, शत्रुधन सिंह, राजु गुप्ता, प्रयागलाल यादव लगायतको उपस्थिति छ ।


