२०७८ मंसिर ३, शुक्रबार १४:४२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ । शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो। सुन बरामद भएपछि प्रहरीले दाङका सीताराम चौधरी र सिरहाका सरोज सहानीलाई पक्राउ गरेको छ ।

विमानस्थल प्रहरी सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले भने, ‘तरल बनाएर सुन ल्याएको देखिएको छ, परीक्षणको लागि प‍ठाउने तयारी गरिरहेका छौ।’

उनीहरूले भित्री वस्त्रमा फल्स बटम बनाएर नेपाल एयरलाइन्सको जाहजमा चढेर सुन ल्याएको प्रहरीको भनाइ छ ।

https://www.youtube.com/watch?v=uHe58s1KjgA

Comment


Related News

Latest News

Trending News