२०७८ मंसिर ३, शुक्रबार १८:५९
धनुषामा नेपाली काँग्रेसले पालिका तथा प्रदेश सभा क्षेत्रीय निर्वाचन स्थगित गरेको जनाएको छ ।
काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर ४ र ६ का लागि निर्धारण गरिएको अधिवेशन स्थगित गरिएको हो । मंसिर १ को सुचना अनुसार पालिका स्तरीय तथा प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति मंसिर ४ र ६ का लागि निर्धारण गरिएकोमा प्राविधिक कारणले अर्को सुचना नआउञ्जेलसम्मका लागि अधिवेशन स्थगित गरिएको निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले बताए ।
https://www.youtube.com/watch?v=uHe58s1KjgA&t=8s


