वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुले भारतीय जनता पार्टीका सांसद अजय निषादसंग सुपर फास्ट ट्रेन सञ्चालनकालागि आग्रह गरेका छन् ।
वीरगञ्जमा शुक्रबार भारतको बिहारका मुजफ्फरपुर संसदीय क्षेत्रका सांसद अजय निषादसंग वीउवासंघका पदाधिकारीहरुले छलफल गरेका हुन् । छलफलका क्रममा वीउवासंघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले रक्सौल तथा वरपरको क्षेत्रमा रहेको भौतिक पूर्वाधारको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै सडक, राजमार्ग निर्माण तथा स्तरोन्नतिको लागि पहल गर्न आग्रह गरे । सन् १९७५ अगाडी नै सञ्चालनमा आई केहि कारणबस बन्द हुन पुगेको रक्सौल एयरपोर्टको स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याउन तथा रक्सौल र भारतको मुख्य शहरहरुलाई द्रुत रेलमार्गबाट जोड्न सुपर फास्ट ट्रेन सञ्चालनको लागि पनि सांसद निषादसंग व्यवसायीहरुले आग्रह गरे । सोहि छलफलमा प्रदेश २ का ऊर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले वीउवासङ्घबाट प्रस्तुत एजेन्डाहरुलाई पूरा गर्न तथा नेपाल–भारतको सीमा क्षेत्रको विकासको लागि प्रदेश सरकारको तर्फबाट गरिनु पर्ने पहल आपूmले गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री शर्माले सांसद निषादलाई जनकपुरधाम, काठमाण्डु र मुक्तिनाथको दर्शनका लागि निमन्त्रणा समेत दिएका छन् ।
सांसद निषादले संघबाट उठाइएको विकास सम्बन्धी मुद्दाहरुलाई आपूmले सकारात्मक रुपमा लिएको उल्लेख गरे । उनले उठाइएका मुद्दाहरुलाई मूर्त रुप प्रदान गर्न आपूmले पहल गर्ने र संघद्वारा उठाइएका विषय निर्माणका विषयहरुलाई प्रदेश सरकार र केन्द्रीय सरकारलाई लिखित रुपमा पठाउने प्रतिबद्धता व्यक्त गरे ।


