२०७८ मंसिर ४, शनिबार ०९:११

सर्लाही । दलित समुदायको शैक्षिक अवस्थामा कुनै सुधार हुन नसकेको गुनासो एक कार्यक्रममा सहभागीहरुले गरेका छन ।

सर्लाहीको मलंगबामा शुक्रबार आयोजित दलितको सवालमा सरोकारवालाहरुसंग नीतिगत पैरवी र पहुँच सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो गुनासो पोखेका हुन् । कार्यक्रममा बोल्दै वक्ताहरुले अझै पनि समाजमा मात्र नभइ विद्यालयमा समेत दलित समुदायका विद्यार्थीहरुसंग विभेद हुने गरेको बताए । छात्रवृति अन्तर्गत प्रदान गरिने खाजा बांड्दा समेत दलित विद्यार्थीहरुसंग विभेद भएको घटना सुनिनु दुर्भाग्यपूर्ण रहेको अधिकारकर्मी विनोदकुमार रामले गुनासो पोखे । जातीय छुवाछुत लगायतका विभेदहरुको अन्त्य नभए सम्म दलितको शैक्षिक स्तरमा बृद्धि हुने कुरो सोंच्नु गलत हुने रामको धारणा छ । सेभ द चिल्ड्रेनको सहयोग तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको संयुक्त साझेदारीमा संचालित नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत दलित विद्यार्थीहरुलाई प्रदान गरिने छात्रवृत्ति ,बीचमै पढाइ छाड्ने प्रवृत्ति ,विद्यालयमा दिइने दिवा खाजा र विद्यालयमा दलित विद्यार्थीहरुमाथि हुने विभेद लगायतका विषयमा सहभागीहरुले सरोकारवालाहरुको ध्यनाकर्षण गराएका थिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ मलंगवा सर्लाहीका अध्यक्ष राजेश पासवान, पूर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवान, प्रदेश सभा सदस्य रवीन्द्र बैठा,दलित मुक्ति समाजका अध्यक्ष गोविन्द पासवान, जिसस प्रतिनिधि मुकेश राय यादव,ओरेक नेपालकी दुर्गा थापा,जिल्ला शिक्षा विकास समन्वय इकाई प्रतिनिधि शोभित साह, दलित अधिकारकर्मी, विनोद कुमार राम, बाल कल्याण समाज सर्लाहीका अध्यक्ष सुन्दर श्याम राय लगायतको उल्लेखनीय सहभागिता रहेको थियो । दलित विद्यार्थीहरुसंग हुने विभेद लगायतका विषयमा केन्द्रीत रही छलफल गर्ने मुख्य उद्देश्ले कार्यक्रमको आयोजना गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका कार्यक्रम अधिकृत एवं गोविन्द पासवानले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News