२०७८ मंसिर ४, शनिबार १४:२५

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रवक्ता एवं लोकसभाका पूर्वसांसद विजय सोन्कर शास्त्रीले नेपाल हिन्दु राष्ट्र रहेको र पछिसम्म रहने बताएका छन् ।

उनले पोखरामा पत्रकारहरुसँग भने, ‘नेपाल हिन्दु राष्ट्र थियो, हो र रहिरहने छ ।’ नेपालको संविधानले धर्म निरपेक्ष राज्य भने पनि यहाँको सामाजिक प्रणाली हेर्दा हिन्दु राष्ट्र नै भएको उनको दावी छ ।

‘संविधान एउटा कुरा हो । संविधानबाटै प्रशासनिक व्यवस्था चल्ने हो । तर, सामाजिक व्यवस्था, सामाजिक प्रणालीबाटै चल्ने हो । सामाजिक प्रणाली हेर्दा कसैले भन्न सक्दैन कि यो हिन्दु राष्ट्र होइन’ शास्त्रीले भने ।

कात्तिक ३० गते नेपाल आएका डा. शास्त्रीले हिन्दु धर्मसँग सम्बन्धित विभिन्न कार्यक्रममा सहभागी हुन काठमाडौं, जनकपुर र पोखरा पुगेका छन् ।

Comment


Related News

Latest News

Trending News