अपडेट 
२०७८ मंसिर ४, शनिबार १५:१०

भारतका कोनाभाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ३०२ जना सङ्क्रमित भएका छन् । यही अवधिमा अरु २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

हाल भारतमा दैनिक काेराेना संक्रमित र मृत्यु दरमा उल्लेख्य गिरावट देखिएकाे छ । मृत्यु र संक्रमण दर घट्ने क्रम जारी देखिएकाे छ ।  नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी केरला प्रदेशका मात्रै रहेकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मन्त्रालयका अनुसार केरलामा पाँच हजार ७५४ नयाँ संक्रमित भएका हुन् । त्यसैगरी केरालामा मात्रै ४९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

भारतको केरलामा पछिल्लो समय कोरोना भाइरसको महामारीको प्रभाव सबैभन्दा धेरै परेको छ । यसअघि महाराष्ट्र प्रदेश र दिल्ली प्रदेश बढी प्रभावित भएका थिए । अहिले ती प्रदेशमा अति न्यून भएपनि केरलामा महामारी धेरै नै देखिएको छ ।  भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख २४ हजार ८६८ रहेको छ । यो सङ्ख्या कुल सङ्क्रमित भएकामध्येको ०।३६ प्रतिशत मात्रै हो ।

सक्रिय सङ्क्रमितको सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ७८७ जना कोरोनामुक्त भएकाे जनाइएकाे छ ।

Comment


Related News

Latest News

Trending News