अपडेट 
२०७८ मंसिर ४, शनिबार १८:१६

नेपालमा शनिबार २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार १ सय ४५ पिसिआर परिक्षणका क्रममा २०९ जना र २ हजार ९ सय ९१ एन्टीजेन परिक्षणका क्रममा ३३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ९५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ४ सय ४४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९९ हजार ९ सय ८९ संक्रमित निको भएका छन् । हाल नेपालमा ७ हजार ३ सय ३ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News