जनकपुरधाम ।नेपाली काँग्रेसको १४ औं महाधिवेशनको क्रममा पालिका स्तरिय चुनाव आईतवार हुने भएकोछ ।
धनुषा जिल्लाका केन्द्रिय निर्वाचन अधिकृत अधिवक्ता अरुण ज्ञवालीले शनिवार जारी गरेको सुचना अनुसार आईतवार पालिका स्तरिय अधिवेशन हुनेछ । पालिका चुनावलाई प्रभावित बनाउन धनुषाका केन्द्रिय नेताहरु सकृय भएकाछन् ।जनकपुरधाम उपमहानगरपालिका समेत धनुषामा १८ वटा पालिका रहेका छन् ।पालिका स्तरिय चुनाव सम्पन्न भएपछि प्रदेशको क्षेत्रिय अधिवेशन हुने बताइएको छ । नेकाँका उपसभापति विमलेन्द्र निधि, केन्द्रिय सदस्यहरु महेन्द्र यादव, रामकृष्ण यादव, आनन्दप्रसाद ढुंगाना लगायतका नेताहरु आ–आफ्ना संघीय निर्वाचन क्षेत्रमा सकृय भएका छन् । पालिका स्तरिय अधिवेशनबाट पार्टीमा वर्चस्व स्थापित गर्ने तिव्र प्रतिष्पर्धा देखिएकोछ ।
https://www.youtube.com/watch?v=uHe58s1KjgA&t=11s