जनकपुरधाम ।नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका पूर्व मन्त्रि रघुबीर महासेठले धनुषा जिल्लामा महाधिवेशन प्रतिनिधि छनौटमा एकपक्षिय गरेको आरोप लगाउँदै शनिवार जनकपुरधाममा बृहत्त प्रदर्शन भएकोछ ।
महासेठका अत्यन्त सहयोगी मानिएका प्रदेश सभासद किसोरी साहको अग्रसरतामा निकालिएको जुलुसमा पूर्व माओवादी नेताहरु फरमुद नदाफ, शिला यादव, श्रीलाल महासेठ लगायतका नेताहरुको सहभागिता थियो । निर्वाचन क्षेत्र नम्बर १ बाट जुलुस गर्न नेता, कार्यकर्ताहरु जनकपुरधाम आएका थिए ।किसोरी साह महासेठका सहयोगी मानिएपनि उनी समेत एमालेका युवा नेता रामकृष्ण यादव(सचिन)लगायतलाई महासेठले महाधिवेशन प्रतिनिधि बन्न दिएका छैनन् । धनुषामा एकलौटी रुपमा प्रतिनिधि बनाएका महासेठले पूर्व माओवादीका नेता रामचन्द्र मण्डललाई महिला समेत ४ जनाको कोटा दिएको बताइएको छ । एमालेको धनुषामा महाधिवेशन प्रतिनिधि छनौट महासेठले आफ्न्त र नातेदार हरुलाई आफ्नै घरमा राखेर गरेको आरोप जुलुसका सहभागिहरुले लगाए ।जिल्लाको कुनै निकायमा महाधिवेशन प्रतिनिधि छनौटका लागि छलफल र भेला भएको छैन् । रेलवे स्टेशनबाट सुरु भएको बिरोध जुलुसले नगरपरिक्रमागर्दै पार्टी कार्यालयमा नाराबाजी गरेका थिए ।पार्टी कार्यालयमा नाराबाजीगरि नेताहरु घर फर्केका छन् ।
शनिवारको जुलुसको नेतृत्व गरेका प्रदेश सभासद किसोरी साहले निर्णय नसच्चयाइए केन्द्रिय महाधिवेशन स्थल सम्म बिरोध प्रदर्शन गरिने बताए ।‘पार्टीको महाधिवेशन प्रतिनिधि छनौटको प्रकृया विधान र केन्द्रिय निर्देशन अनुसार भएको छैन्’ साहले भने, घरमै छनौट गर्ने भए सोझै नेताको घोषणा गर्नु पथ्र्यो । महासेठको कृयाकलापबाट पूर्व माओवादी नेता प्रभु साहपनि आक्रोशित बनेका छन् ।तर महासेठको अगाडि साहको हैसियत नै समाप्त भएको देखिन्छ ।साह गृह जिल्ला रौतहटमा नै कमजोर परेका छन् । हुनत महासेठले एकलौटी रुपमा धनुषामा प्रतिनिधि छनौट गरेपनि उनी महाधिवेशनमा हाल सम्म निर्वाचित भएका छैनन् ।९औं महाधिवेशनमा महासेठ सचिवमा मात्र नभै केन्द्रिय सदस्यमा समेत नराम्ररी पराजित भएका थिए ।तत्कालिन एमालेका युवा नेताहरु सत्रुधन महतो, श्रीप्रसाद साह लगायतका नेताहरु भने केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । महासेठ पार्टीमा मनोनित पद्धतिबाट नै स्थायी कमिटी सम्म पुगेका छन् ।उनकी पत्नी जुली महतो मनोनितबाट नै लगातार दुई कार्यकाल सांसद बनेकी छन् ।
यस पटक महासेठका लागि मैदान खाली छ ।उनका विपक्षीहरुले पार्टी नै छाडिसकेकाले महासेठले बाजी मार्न सक्ने संभावना छ ।
https://www.youtube.com/watch?v=uHe58s1KjgA&t=11s


