२०७८ मंसिर ५, आईतवार १२:३७

जनकपुरधाम । नेपाल भ्यालुयर एसोसिएशन जनकपुरधाम च्याप्टरले आज विहान विरोध तथा धर्ना प्रदर्शन गरेका छन् । कुमारी बैंक लिमिटेडले आफ्नो सहकर्मीलाई फसाएको भन्दौ भ्यालुवेटर (मुल्यांकनकर्ता)हरुले विरोध तथा धर्ना प्रदर्शन गरेका छन् ।

कुमारी बैंक विरगञ्ज शाखाको भ्यालुवेटर इन्जिनियर राजेशकुमार चौरसीयालाई बैंकले थुनामा रखाएको विरुद्धमा उनीहरु आन्दोलित भएका छन् । कुमारी बैंकले किर्ते कागजातको मुल्यांकन गरेको आरोपमा इ. चौरसीयालाई पक्राउ गराएको छ ।

तर, भ्यालुवेटरहरुले कागजात हेर्ने काम बैंकका कर्मचारीको हुन्छ, हामीहरुलाई हेराएको जग्गाको मुल्यांकन गरेर बैंकलाई दिनु हुन्छ त्यसमा हामी के किर्ते गर्न सक्छौ भन्दै आन्दोलनमा होमिएका हुन ।

नेपाल भ्यालुयस एसोसिएशन जनकपुरधाम चेप्टरले आज विहान ११ बजे देखि १२ बजे सम्म कुमारी बैंकको जनकपुरधाम स्थित शाखामा विरोध तथा धर्ना प्रदर्शन गरेका छन् । एसोसिएशनले आज नेपाल भरिको कुमारी बैंकको शाखा कार्यालयमा विरोध तथा धर्ना प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।

Comment


Related News

Latest News

Trending News