अपडेट 
२०७८ मंसिर ५, आईतवार १६:३७

नेपालमा आइतबार थप २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ८ सय ४५ पिसिआर परिक्षणका क्रममा २ सय ३२ जना र १ हजार २ सय ७८ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १४ हजार ३ सय ३३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ९६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ३ सय ७० जना निको हुँदा हालसम्म नेपालमा ८ लाख ३ सय ५९ जना संक्रमित निको भएका छन् । हाल ७ हजार १ सय ६४ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News